काठमाडौं - साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद सुरुआत गरेको हो ।
श्रीलंकाको लागि इमिशा अनुराधिनीले गोल गरिन् । उनले खेलको १८औँ मिनेटमा गरेको एक गोल नै श्रीलंकाकाे लागि निर्णायक गोल सावित भयो ।
जितसँगै श्रीलंकाले शीर्ष तीन अंक बटुलेको छ । सोही समूहमा रहेको नेपालले आज साझ भुटानको सामना गर्दैछ ।