काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र १८ वर्षीय निमा रिन्जी शेर्पाबीच भेटघाट भएको छ ।
शेर्पाले हालै चीनमा रहेको शिशापाङमा हिमालको सफल आरोहण गरी विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालहरू सफलतापूर्वक आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएकको अवसरमा काठमाडौँ महानगरपालिकाका मेयरबीच भेटघाट भएको हो ।
उनीहरूबीच आज काठमाडौँस्थित काठमाडौँ महानगरपालिकामा भेटघाटका क्रममा पर्वतारोहण सम्बन्धी र महानगरपालिकाबीचको अनुभव साटासाट गरेका थिए गरेका शेर्पाले बताए ।
शाहसँग पर्वतारोहण सम्बन्धी र महानगरपालिकाबारे कुराकानी भएको उनले बताए । उक्त भेटघाटमा शेर्पालाई महानगरपालिका मेयर बालेनले बधाई दिएकाे शेर्पाले जानकारी दिए।
यही गएको असोज २३ मा स्थानीय समयअनुसार बिहान ६ः०५ मा तिब्बतमा रहेको शिशापाङ हिमालको आरोहण गरी विश्वकै कान्छो आरोही बन्न सफल भएका निमाले क्लाइमिङ गाइड (पर्वतारोहण पथप्रदर्शक) पासाङ नुर्बु शेर्पासँग उक्त हिमालको सफल आरोहण गरेका थिए । सोह्र वर्षको उमेरमा नै आठ हजार मिटर अग्लो हिमाल मनास्लुको आरोहण गरी पर्वतारोहण क्षेत्रमा उनले आफ्नो यात्रा सुरु गरेका थिए ।
निमासहित सात जना पर्वतारोहीले विश्वको १४औं अग्लो शिशापाङमाको सफल आरोहण गरी राजधानी काठमाडौं फर्किएका हुन्। पर्वतारोहण नेपालको आकर्षणको विषय हो भन्दै निमाले भने, ‘जस्तै छिमेकी भारतकै कुरा गर्दा त्यहाँ क्रिकेट भन्ने बित्तिकै एक्दमै सनक हुन्छ । क्रिकेटरहरूलाई भगवान जस्तै मान्छ । त्यो खालको अवसर नेपालमा छ, पर्वतारोहण क्षेत्रमा । नेपालमा धेरै हिमालहरु छ । पर्वतारोहण मात्र नभएर प्याराग्लाइडिङ, स्किइङ लगायतका खेलहरु प्रवर्द्धन गर्न सके यसले नेपालको पर्यटन क्षेत्रमा धेरै राम्रो गर्न सक्छ ।’
निमाले आरोहण गरेका हिमालः
१. मनास्लु (३० सेप्टेम्बर, २०२२)
२. सगरमाथा (२४ मे, २०२३)
३. ल्होत्से (२४ मे, २०२३)
४. नाङ्गा पर्वत (२६ जुन २०२३)
५. गाशेरब्रम (१८ जुलाई २०२३)
६. गाशेरब्रम–२ (१९ जुलाई २०२३)
७. ब्रोडपिक (२३ जुलाई, २०२३)
८. माउन्ट केटु (२७ जुलाई, २०२३)
९. माउन्ट चोयु (६ अक्टोबर, २०२३)
१०. धौलागिरी (२९ सेप्टेम्बर, २०२३)
११. अन्नपूर्ण बिना अक्सिजन (१२ अप्रिल, २०२४)
१२. माकालु (४ मे, २०२४)
१३. कञ्चनजङ्घा (८ जुन, २०२४)
१४. शिशपाङ्मा (९ अक्टोबर, २०२४