कुरा यहि बुधबारको हो म नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, १२ लगायतका वडाहरुमा काम बिशेषले गएको थिए म वडाहरुमा विभिन्न काम बिशेषले वडाहरुमा गईनै राख्ने गर्दथे तर अहिले जादा पहिलेको तुलनामा वडा कार्यालयहरुको बाटो र नाला सफा गरेको देखे । पहिलेको तुलनामा सरसफाईमा भएको प्रगति देखेर मलाई निकै खुसी लाग्यो मैले कसले गरेको भन्ने जिज्ञासा जागेर आयो दुबै वडामा मैले स्थानियहरुलाई सरसफाईको बारेमा जानकारी लिए पहिलेका दिनहरुमा नगरपालिका प्रति गुनासो गर्ने स्थानियहरुको जवाफ सुन्दा म पनि आश्चर्यमा परे उनीहरुले आज भोली दिनहुजसो बिहानै नगरपालिकाको स्विपर आएर झाडो लगाउने गरेको कुरा सुनाए, फोहोर नाला समेत सफा गर्ने गरेको उनीहरुले सुनाए ।
पहिलेको तुलनामा सरसफाईमा सक्रियता देखाएको नगरपालिका प्रति आम नगरबासिहरु सकारात्मक हुनु पक्कै पनि नगरपालिका लागि र स्वयम् नगरबासिहरुका लागि पनि सकारात्मक कुरा हो । मैले यति भनीरहदा नगरपालिका पुरै सफा छ भन्ने खाजेको भने पक्के हैन नगरपालिकाका अन्य वडाहरुको अवस्था के कस्तो छ थाहा छैन तर पछिल्लो समय दिनहुजसो कर्मचारीहरु तोमिएको स्थानमा गई काम गरिरहेको देख्दा पक्कै पनि पहिलेको भन्दा केही फरक भएको होला भन्ने अनुमान गर्न सकिन्छ । गरेपछि के हुदैन र अहिले नगरपालिकाले सरसफाईलाई प्राथमिकतामा राखेर गरेको कामबाट नगरबासिहरुमा आएको सकारात्मक परिवर्तनले भोलीका दिनहरुमा नगरपालिकाका हरेक अभियानहरुमा नगरबासिहरुको साथ र सहयोग र सहकार्य पक्कै हुनेमा दुई मत छैन । यो शुरुवात हो नगरपालिकाको तत्कालको समस्या पहिचान गरि समाधान गर्न तर्फ नगरपालिका अग्रसर हुनुपर्ने देखिन्छ ।
प्रकाशित मिति: आइतबार, पुस १६, २०७४ १०:०७