काठमाडौं - सिद्धार्थ बैंकका ग्राहकहरुले दुसित थानि रिसोर्टमा १५ प्रतिशत सम्मको छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. (धुलिखेल,काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा १५ प्रतिशत छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।