मुगु - मुगुको छायाँनाथ रारा नगरपालिकामा शिक्षामा परिवर्तन ल्याउन दश वर्षीय शिक्षा योजना बनाउन थालेको छ । गुणस्तरीय शिक्षा,शैक्षिक क्षेत्रको विकासको लागि छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको हो ।
छायाँनाथ रारा नगरपालिकामा ४५ वटा सामुदायिक विद्यालय ,४१ वटा प्रारम्भिक बालविकास केन्द्र विद्यालयमा आधारित ,५ वटा समुदायमा आधारित गरी ४६ वटा र ४ वटा संस्थागत विद्यालय रहेका छन् । शैक्षिक क्षेत्र खस्कदै गएको अवस्थालाई मध्ययेनजर गर्दै शिक्षामा सुधार ल्याउन शिक्षा योजना बनाउन सुरु गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
छायाँनाथ रारा नगरपालिकाले आगामी दश वर्षभित्र सबै नागरिकलाई शिक्षामा पहुँचको अवसर प्रदान गरी, समतामुलक समावेशिताका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यसहित सिकाइमैत्री वातावरण निर्माण गरी व्यावसायिक, सीपमूलक र प्रविधिमूलक शिक्षामा जोड दिने र आधारभूत तहको शिक्षालाई, निःशुल्क, अनिवार्य, बालमैत्री, समावेशी तथा शिक्षामा पहुँच सुनिश्चित गर्ने योजनाका साथ छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालिएको नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले जानकारी दिए ।
शिक्षा योजना निमार्णका लागि नगरपालिका भित्रका विज्ञ सरोकारवालाहरु, शिक्षकहरुको सहभागितामा सुझाव संकलनका साथ शिक्षा योजना निमार्ण गर्ने योजनाका साथ तिन दिन शिक्षा क्षेत्रका विभिन्न सवालमा छलफल थालिएको छ ।
प्रराम्भिक बालबिकास,आधारभुत शिक्षा,माध्यामिक शिक्षा लगायत अन्य शिक्षा क्षेत्रको बिकासका लागि शिक्षा योजना अनिवार्य भएकाले छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको नगर प्रमुख भामको भनाई छ ।
मंगलबारबाट शिक्षा योजनाका बारेमा शिक्षा क्षेत्रका विज्ञ सरोकारवाला निकाया संग छलफल थालिएको र उनिहरुको राह्य सुझावका आधारमा लेखन समिति गठन पनी गरीएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय लेखन समिती गठन गरीएको र लेखन समितिले आगामी तिन हप्ता भित्र सरोकारवाला निकायको राह्य सुझावका आधारमा छाायाँनाथ रारा नगपालिकाको शिक्षा योजना निमार्ण गर्ने जनाईएको छ । नगरपालिकाको शिक्षा योजना निमार्ण पछी एक औपाचरी कार्यक्रमका बिच बाँकी विविध बिषयमा छलफल गरी पुर्णता दिने र त्यसपछी शिक्षा योजना कार्यापालिका बाट अनुमोदन गरी नगरपालिकामा लागू गरिने नगर प्रमुख भामले बताए ।
नगरपालिकाको शिक्षा क्षेत्र योजना निमार्णका लागि युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र ( स्याक नेपालको ) प्राविधिक सहयोगमा शिक्षा योजना निमार्ण हुन थालिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । शिक्षा योजना निमार्णका लागि युनिसेफ नेपालका शिक्षा अधिकृत फर्सुराम पन्थ र समाज जागरण केन्द्र स्याक नेपालका एस.ई.एस.पि संयोजक हरि भक्त्त तिवारीले छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्णमा सहजीकरण गरेका थिए ।