काठमाडौं - कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे छ। इन्डोनेसियाको कार्टेन्स्ज पिरामिड हिमालको सफल आरोहण गरी शुक्रबार फर्किएका कीर्तिमानी पर्वतारोही पुर्जालाई विमानस्थलमा व्यवसायी र शुभचिन्तकहरुले विशेष स्वागत गरेका हुन् ।
पुर्जालाई विमानस्थलबाट बौद्धनाथ स्तुपासम्म आयोजकल मोटरसाइकल र्यालीसहित बधाई तथा स्वागत गरेका छन् । पुर्जाले असोज १८ मा तिब्बतको शिशपाङ्मा हिमालको आरोहण गरेका थिए । शिशापाङ्माकाे आरोहणसँगै बिना अक्सिजन (पुरक अक्सिजन) सबैभन्दा छोटो समयमा १४ वाटै उच्च शिखरहरु आरोहण गर्ने व्यक्ति बन्न पुर्जा सफल भएका हुन्। यसका साथै पुर्जाले शिशपाङ्माको सफल आरोहण गरी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु ४८ औं पटक आरोहण गर्ने एक मात्र व्यक्ति पनि बन्न सफल भएका हुन्।
कार्टेन्स्ज पिरामिडको आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा शिखरहरु अक्सिजन र पूरक अक्सिजन बिना आरोहण गर्ने र सात महाद्वीपका सात सर्वोच्च शिखरहरूको सफल आरोहण गर्ने विश्वमा एक मात्र व्यक्ति बनेका हुन् ।