काभ्रे- काभ्रेपलाञ्चोकको भैंसेपाटी बाँसडोल-पनौती सडकस्थित घट्टेखोलामा नवनिर्मित पुलको उद्घाटन गरिएको छ । पूर्वराज्यमन्त्री एवं बागमती प्रदेशका सदस्य कञ्चनचन्द्र वादेले शनिबार एक समारोहबीच उक्त पुल उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालयका सिडिई राजु श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष दीपक गौतम, बनेपा नगरपालिका-१२ का वडाध्यक्ष रामबहादुर कुँवर, नेपाल सरकारका पूर्वसहसचिव देवकुमार तामाङ, समाजसेवी सूर्यमान तामाङ पाख्रिनलगायतले मन्तव्य राखेका थिए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षका प्रत्यासी दीलिपकुमार तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन रविन्द्र तामाङले गरेका थिए।
उक्त पुल २०८० भदौ ५ मा सुरु भई १० महिनामा निर्माण सम्पन्न भएको जानकारी दिइएको छ । प्रेमा कन्ट्रक्सनले एक करोड २९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको जनाइएको छ ।
पुल निर्माण भएसँगै उक्त सडक खण्डमा सवारी सञ्चालनका सहज हुने सरोकारवालाहरुले बताएका छन् ।