मुगु-मुगु जिल्लाको स्थानिय रैथाने अन्नबाली कागुनो ,चिनो ,कोदो,मार्से र फापरको माग बढ्दै जान थालेको छ । माग बढ्दै जान थालेपछि रैथाने अन्न बालीको खेती गर्ने कृषकहरु हर्षि भएका छन् ।
विगत लामो समय देखि पुराना रैथाने अन्नबाली खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजार समेत पाउन नसकेका थिएनन् । पछिल्लो समयमा सडक सन्जालको पहुँच पुग्दा स्थानिय रैथाने अन्नबाली कागुनो ,चिनो ,कोदो,मार्से र फापरको माग बढ्दै जान थालेको हो ।
मुगु जिल्लाको चारै स्थानयि तहमा रहेको खेति योग्य जमिनमा प्रशस्त मात्र कागुनो,चिनो र फापर,मार्से अन्न बालि उत्पादन हुने जिल्ला हो । तर सडक सञ्जाल समेत नजोडिदा यहाँ उत्पादित कागुनो,फापर,मार्से,भटमास र चिनो खेर गइरहेको थियो । पछिल्लो समय सडक सञ्जालको पहुँच पुगे पछि यो रैथाने अन्न बालीले बजार निकै राम्रो पाउन थालेका छन् ।
त्यसैले यहाँका किसानहरु रैथाने अन्न बाली कागुनो,चिनो ,फापर ,कोदो लगाएतका अन्न बालीको खेति गदै आई रहेको थिए बिचमा केही समय खाद्यान्नको सेतो चामलको बढी प्रयोग र सरकारले अनुदान दिना सस्तो मूल्यमा पाउन थाले पछ रैथाने अन्न बालीको खे ितगर्न छोडेका मुगुका कृषकहरु पछिल्लो समयमा, कागुनो,फापर ,कोदो भटमास र चिनो अन्न बालीको काठमाडौं,नेपालगंन्जा,सुर्खेत ,बिराटनगर,पोखरा,लगाएत ,देशकार राम्रो ठूला होटलहरु र नेपालका मन्त्री,सांसद ठूला ब्यापारीहरुको भान्सामा खाना(औषधी)को रुपमा पाक्न थालेपछि माग अत्याधिक बढे पछि नगद बिक्री गरी घर खर्च ,बाबालिकाहरुको पढाई खर्च चलाउन सहज हुर्ने भएको हुदा पुर्न पुरानो रैथार्ने अन्नबालीको खेति तथा उत्पादन गर्न राम्रो आम्दानि हुर्ने भएको हुदा हामी किसानहरु निकै खुसी भएका सोरुगाँउपालका वडा नम्बर ६ तारापानि गाँउका मान बहादुर बुढाले बताएका छन्।
हिजो यी रैथानिय अन्न बाली प्रयोगले मुगालीहरुको जिवन निबाह गरी रहेका थिए पछिल्लो समयमा नेपाल सरकारको अनुदान खाद्यान्न , बजारीए खाद्यान्न सहजरुपमा पाउर्ने पकाउ सहज उपभोग हुर्ने भएको हुदा केही रैथानिय अन्न बाली उत्पादन घटेको थियो । पछिल्लो समयमा देशका ठूला सहरमा मुगुको रैथानीय अन्न बालीको राम्रो माग बढ्यको हुनाले स्थानिय सरकारले रैथानिय अन्य बाली संरक्षण गर्ने लक्ष्य लिएका छौं । अहिले सोरुगाँउपालिकाले दिर्धकालीन लक्ष्य (रैथानिय अन्न बालि पर्यटन,पूर्वधार )भन्र्ने मुल उद्श्य लिएको छौं । स्थानिय रैथानिय बालीको धेरै उत्पादनमा बढाउर्ने र कोदो फापर,लगाएतका अन्न बाली बाट बिभिन्न परिकार बनाउर्ने उत्पादन गरी आम्दानिको मुख्य स्रोत बनाउर्ने हिसाबले यो मुगुको सबै भन्दा बढी लेपमुलक रैथानीय अन्न बाली संरक्षण तथा बजारीकरण गर्न निकै चुनैतिका साथ स्थानिय सरकार लागी परेको सोरुगाँउपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले बताएका छन्।
अन्य अन्न बाली जै,गहुँ, मकै खेति राम्रो हुर्ने भए पनि बजारमा माग नभएको कारण खेति गर्न छोडी सकेका छन । भर्ने पछिल्ला बर्षहरुमा किसानहरु बाट पुरानो रैथाने अन्न बाली चिनाको रु १सय ,कागुनो प्रति के.जी ७०रुपैया, फापर प्रति के.जीरु ७०रुपैया कोदो प्रतिकेजी रु ६०रुपैयाले घर घरमा आएर खरीद बिक्री हुर्ने गरेको छ । मुगु लगायत जुम्ला ,हुम्ला ,कालीकोट ,डोल्फा जिल्लामा पनि सडक सन्जाल जोडिदै गएकाले यी रैथानिय अन्न बाली खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।
कोदा ,फापर,चिनो,कागुनो ,भटमास,मार्से उत्पादनमा किसानको आकर्षण बढाई उत्पादन वृद्धिका लागि तीनै तहको सरकारले विशेष ध्यान दिन सकेमा जिल्लालाई रैथानिय अन्नबाली उत्पादनको पकेट क्षेत्रकै रुपमा विस्तार गर्न सकिनुका साथ मुगालीहरुको आय आजनमा परिवतन हुर्ने देखिन्छ ।