काठमाडौं - नेपालमा पर्यटकीय गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको छ। सन २०२४को अक्टोबर महिनाबाट नेपालमा पर्यटक आगमनको उल्लेखनीय वृद्धि भएको नेपाल पर्यटन बोर्डको तथ्यांकले जनाएको हो ।
२०२३ को तुलनामा ६.०४ प्रतिशतले र २०१९ को तुलनामा ९२.७६ प्रतिशतले रिकभरी भएको छ। २०१९ को तुलनामा यसले देशको पर्यटन उद्योगमा सुधार भएको देखिन्छ ।
कुल आगमनमा हेर्ने हो भने २०२४ को अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ पर्यटक नेपाल आएका छन्। २०२३ मा यो संख्या एक लाख १७,३०६ थियो, जसले ६.०४ प्रतिशतको वृद्धि भएको छ । २०१९ मा आगमन एक लाख ३४ हजार ९६ थियो, जसको तुलना गर्दा ९२.७६प्रतिशत रिकभरी देखिन्छ।
हालसम्ममा मुख्य पर्यटक आगमन भएका देशहरूमा भारतबाट १६ हजार तीन सय १३ ( १३.११%) पर्यटक भित्रिएका छन् । संयुक्त राज्य अमेरिका (USA) बाट १६ हजार २३ (१२.८८% )पर्यटक भित्रिएका छन् । यसैगरी युके आठ हजार १९ ( ६.४५%) ,चीनबाट ७ हजार सात सय ५०( ६.२३% ), अष्ट्रेलियाबाट ६ हजार नौ सय २९ (५.५७ %) पर्यटक भित्रिएका छन् ।
नेपालबाट अक्टोबरमा एक लाख चार हजार छ सय ८२ पर्यटक प्रस्थान गरेका छन् । यस तथ्यांक नेपालको पर्यटनको वृद्धि र विकासको सकारात्मक संकेत देखाएको छ ।