काठमाडौं – आज छापावाल सुनको मूल्य तीन सय रूपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको सुनको मूल्य आज तीन सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो दुई हजार आठ सय रूपैयाँले घटेर एक लाख ६८ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार १५ रूपैयाँ कायम भएको छ ।