विराटनगर- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।