काठमाडौं – आज छापावाल सुनको मूल्य दुई हजार रूपैयाँले बढेको छ ।
शुक्रबार दुई हजार रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो चार हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर एक हजार नौ सय ८० रूपैयाँ कायम भएको छ ।