काठमाडौं- रारा राष्ट्रिय निकुन्जमा सिसी क्यामेरा जडान भएको छ । रारा राष्ट्रिय निकुन्जमा स्थानधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्रर्याप कार्तिक ५ गते जडान सुरु भएको हो ।
निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । र्यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक/एक क्यामेरा राखी जाडो र गर्मी मौसममा अनुसन्धान गरिने बताइएको छ । प्रत्येक क्यामेराट्रर्याप २१ दिनसम्म राखिनेछ ।
त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापामगर, अनुसन्धान कर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । सो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका छन् ।
२१ दिनको लागि निकुञ्जको विभिन्न स्थान गरी ४२ स्थानका क्यामरा जडान गरीएको छ । विशेष गरी स्थानधारी जिप जन्तुहरुको र कस्तुरी मृग,रेडपाण्डाको अवस्थाबारे बुझ्ने भए पनि निकुञ्ज भित्रका रहेका बसै बन्यजन्तुहरुको अहिलेको अबस्थामा कति कस्तो छ भन्ने हिसाबले क्यामरा जडान गरीएको त्रिभुवन विश्वविद्यालय बिद्यार्थि वाचन प्रसाईले बताए ।
२०७३ सालका रारा राष्ट्रिय निकुन्ज भित्र कस्तुरी,मृग ,रेडपाण्डा लगाएत अन्य बिभिन्न प्रजातिका बन्य जन्तु धेरै भेटीने देखीने गरेका थिए पछिल्ला बर्षहरुमा चेरी,शिकारी,तिब्र बन फडानि छाडा पशुचौपाय चरीचराउर्ने गर्दा रारा राष्ट्रिय निकुञ्जको लापरवाहीले गर्दा केही स्थानमा मात्र बन्य जन्तुहरु भेटीए पनि बिगत भन्दा पछिल्ला वर्षहरुमा रारामा रहेका बन्यजन्तुहरु लोपहुदै गहिरहेको स्थानियबासी बिर्ख बहादुर रोकायाले बताएका छन्।