काठमाडौं – आज छापावाल सुनको मूल्य दुई हजार चार सय रूपैयाँले घटेको छ ।
सोमबार एक हजार रूपैयाँले घटेको छापावाल सुनको मूल्य आज पनि दुई हजार चार सय रूपैयाँले घटेर प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय २५ रूपैयाँ कायम भएको छ ।