काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
प्रहरीले आजै उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ । यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।
उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो ।
०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् ।