काठमाडौं– प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संखुवासभा जिल्लाको विकटक्षेत्र चिचिला गाउँपालिकामा उक्त गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक, व्यापारीलगायतको सहभागीता रहेको थियो । गाउँपालिकाबासीलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाजलगायतका व्यक्तिको सहभागिता रहेको जनाइएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाकाबारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक लि. र सेजनलाई विशेष धन्यबाद दिएका थिए । कार्यक्रममा सेजन अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक लि. खाँदबारी शाखाकार्यालयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे जानकारी दिएका थिए ।