धनगढी – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीको शारदा माध्यमिक विद्याललाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले उक्त विद्यालयलाई नगद रु १००,०००।– सहयोग गरेको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरू खरिद गर्नका लागि उक्त सहयोग गरेको जनाएको छ भने विद्यालयले उक्त सहयोगबाट आफ्ना विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने र विद्यार्थीका साथै विद्यालयको चौतर्फी विकासमा ठूलो सहयोग पुग्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको जनाएको छ ।