मुगु - कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षरण परियाजना लागू भएका समुदायका समुहहरुलाई जलचर तथा जलीय जैविक विविधता संरक्षणकालागी सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।
युएसएडको आर्थिक तथा प्राविधिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकामा संचालित समुदायको संलग्नतामासमुदायका समुहहरुलाई जलचर तथा जलीय जैविक विविधता संरक्षणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
मुगु कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षण परियोजनाले नदी क्षेत्रमा करेण्ट, विषाधी विष्पोट लगाएत अवैध विधीबाट माछा लगाएत अन्य अन्य जलचर प्राणी मार्न रोकलगाउनका साथै यिनीहरुको संरक्षण गर्दै उपभोगककालागी र नदी क्षेत्रमा गस्ति तथा निगरानीकालागी समुहका सदस्यहरुलाई सुरक्षा सामग्री लगाएत दुरविनको र अन्य समाग्री हस्तान्तरण गरिएको हिरिसडेक नेपालका परियोजन अधिकृत मेरीना रान मगरले जानकारी दिएकी हुन् ।
नदी, गाड तथा खोलामा करेण्ट, बिषादी लगाएत बिधी अपनाएर माछा मार्दा मुगु कर्णालीमा रहेका जलचल तथा जैविक विविधता लोप हुने खतरामा थिए । यसको संरक्षणकालागी छायाँनाथ रारा नगरपालिकाले ऐन ल्याई कार्यन्वयनमा छ । ऐन विपरित यस्ता गतिबिधी रोक्नकालागी ऐनलाई शक्रियरुपम नगरपालिकाले कार्यन्वय गर्ने तयारी गरिहेका बेला यो क्षेत्रमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकामा संचालित समुदायको संलग्नतामा मुगु कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षण परियोजनाले उपलब्ध गराएका सामग्रीले संरक्षणकालागी थप सहयोग गर्ने छायाँनाथ रारा नगरपालिकाका काव मेयर ऐश्वय मल्लले बताइन् ।
मुगु कर्णालीमा रहेका चलचर तथा जलिय जैविक विविधता संरक्षणकालागी छायाँनाथ रारा नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन अन्तरगत रही नदी क्षेत्रमा पर्ने ६ वटा सामुदायीक जलचर संरक्षण समुह गठन दर्ता भई उक्त सुमहहरुलाई नदी क्षेत्र पहिचान गरी संरक्षणकालागी नदी क्षेत्र समे हस्तान्तरण भई सकेकाले आफनो समुह र समुदायमा पर्ने नदी ,गाड र खोलाको संरक्षणकालागी ६ वटै समुहले सुरक्षा सामग्री र कार्यालय संचालनकालागी आबश्यक सामग्री उपलब्ध भएकाले सबै समुहले जलिय जैविक विबिधताको सरक्षण गर्न यस्ता सामग्रीले ठुलो सहयोग पुग्ने गडुलनानी,लवावान्न सुनता सामुदयीक जलचर संरक्षण समुहका अध्यक्ष हिरा कुमारी रोकायाले बताइन्।