काठमाडौं – आज छापावाल सुनको मूल्य दुई हजार दुई सय रूपैयाँले घटेको छ ।
बुधबार दुई हजार चार सय रूपैयाँले घटेको छापावाल सुनको मूल्य आज दुई हजार दुई सय रूपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँ कायम भएको छ ।