काठमाडौं – साताको अन्तिम दिन छापावाल सुनको मूल्य एक सय रूपैयाँले बढेको छ ।
बिहीबार दुई हजार दुई सय रूपैयाँले घटेको छापावाल सुनको मूल्य आज एक सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय १० रूपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँ कायम भएको थियो ।