काठमाडौं – साताको पहिलाे दिन छापावाल सुनको मूल्य एक सय रूपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला पाँच घटेर रूपैयाँले प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँ कायम भएको थियो ।