काठमाडौं - आज सेयर बजार बन्द हुने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज सेयर कारोबार बन्द हुने भएको हो ।
आज विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् ।
पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।