बाकु - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वको जलवायु परिवर्तन सङ्कटको चरणमा पुगेको भन्दै हामीले विश्वको तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकेनौँ भने, जलवायुजन्य अनियन्त्रित विपद्हरुले विश्वको सबै अर्थतन्त्रलाई तहसनहस गर्ने बताए । विश्वका २० प्रमुख अर्थतन्त्रहरुको समूह (जी–ट्वान्टी)को बैठकलाई सम्बोधन गर्दै उहाँले सबै मिलेर तापमान सीमित गर्ने लक्ष्य कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिए ।
महासचिव गुटेरेसका अनुसार हालका नीतिहरुले तापक्रमलाई तीन डिग्रीभन्दा माथि पुर्याउने भनेका छन् । “यसको अर्थ, विनाश हुनु हो । हामीलाई १।५ डिग्रीको लक्ष्यमा पु¥याउन देशहरुले आफ्ना निकट भविष्यका उत्सर्जन कटौतीलाई तीव्र पार्न आवश्यक छ । यस दशकमा हामीले हरेक वर्ष ग्लोबल उत्सर्जनलाई नौ प्रतिशतले घटाउन सक्नुपर्छ”, उनले भने, “अहिले उत्सर्जन दिनप्रतिदिन बढिरहेको छ । त्यसैले हामीले जैविक इन्धन ९फोसिल फ्युल० बाट नवीकरणीय ऊर्जाको प्रयोग गर्नुपर्छ ।”
जी–ट्वान्टीले विश्वको ८० प्रतिशत कार्वन उत्सर्जनको जिम्मेवारी लिएको भन्दै उत्सर्जन कटौतीमा यी मुलुकहरु अग्रपङ्क्तिमा आउनुपर्ने महासचिव गुटेरेसको सुझाव छ । उनका अनुसार सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने, ऊर्जा दक्षता दोब्बर बनाउने, वन विनाश रोक्ने कार्य समावेश हुनुपर्छ । विकसित देशहरुले उदाउँदो र विकासोन्मुख अर्थतन्त्रलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
जी–ट्वान्टी भनेको विश्वका २० प्रमुख अर्थतन्त्रहरुको समूह हो । कार्बन उत्सर्जन कटौती गरेर विश्वको तापमान वृद्धि एक दशमलव तीनदेखि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने विषयमा जी–ट्वान्टीमा पनि छलफल भइरहेको छ । जी–ट्वान्टीले विश्वव्यापी आर्थिक स्थायित्व, व्यापार, आर्थिक विकासलगायत विषयमा सहकार्य गर्न र नीति समन्वय गर्न मञ्च प्रदान गर्दछ । यो समूहमा विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका १९ देशहरु र युरोपेली सङ्घ समावेश छन् ।