काठमाडौं- नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
सामाजिक संजाल फेसबुकमा फेक आईडीबाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि बिज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाट्स एपमा कुरा गरी नगद २ लाख १५ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।