काठमाडौं - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ ठेगाना भई नागार्जुन नगरपालिका-६ रामकोट बस्ने ५५ वर्षीय सुरेन्द्र संगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला अदालत चितवन भरतपुरबाट २०८१ कात्तिक ९ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।