काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ४ हजार तीन सय जनाले ज्यान गुमाएका छन् ।
चीनमा ३ हजार एक सय ५८, इटालीमा ६ सय ३१, इरानमा २ सय ९१, दक्षिण कोरियामा ६१, स्पेनमा ३६, फ्रान्समा ३३ र अमेरिकामा ३१ जनाले ज्यान गुमाएका छन् । हाल चीनमा १६ हजार एक सय २६ र इटालीमा ८ हजार पाँच सय १४ जना संक्रमित छन् भने १ सय १९ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ । हाल विश्वभर एक लाख १९ हजार २ सय ४५ जना संक्रमित छन् जसमा ६६ हजार पाँच सय ७८ जना निको पनि भएका छन् ।