काठमाडौं - स्थानीय बजारमा सोमबार र मंगलबार उच्च अंकको गिरावट आएको सुनको मूल्य बुधबार भने बढेको छ ।
आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।