काठमाडाैं - ऐश्वर्या रायले दुबईमा भएकाे एक कार्यक्रमकाे भिडिओमा श्रीमानको थर बच्चन नलेखिएको सार्वजनिक भएको छ। कार्यक्रममा ऐश्वर्याको भिडिओ सार्वजनिक भएसँगै उनकाे नाममा श्रीमानको थर नदेखिएको हाे ।
लामो समयदेखि बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनबीचको सम्बन्ध बिग्रिएको खबर आइरहेकोमा सम्बन्धविच्छेद गर्न लागेको शंका बढ्न थालेको छ। यस भिडिओलाई लिएर भने प्रयोगकर्ताहरुले ऐश्वर्यालाई समर्थन गरेका छन्।
ऐश्वर्या ग्लोबल वुमन फोरमको कार्यक्रममा सहभागी हुन दुबई गएकी थिइन्। यहाँ उनले महिला सशक्तिकरण जस्ता विषयमा कुरा गरिन्। यसैबीच उनले सम्बन्धविच्छेदको खबरमा मौनता कायम राखिन्। यस क्रममा अभिनेत्रीको लुकको पनि तारिफ भएको थियो। खासमा ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेशनको तस्विर सेयर गरिन्।
आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो। बच्चन परिवारका कोही पनि यसको उत्सवमा सहभागी भएनन्। तस्बिर बाहिर आएपछि ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको खबर फैलिएको थियो।