काठमाडाैं- चौथो विश्व शान्ति पूजाको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बुद्धले दिएको शान्ति खोज्नु पर्ने बताएका छन् । बौद्धनाथमा अवस्थित थार्लाम गुम्बामा बिहीबार नेपाल पर्वतारोहण संघको आयोजनामा ‘भव्य दीर्घायु प्रार्थना समारोह र चौथो विश्व शान्ति पूजा’ मा मन्त्री पाण्डेले सो बताएका हुन् ।
यसअघि पहिलो ,दोस्रो र तेस्रो विश्व शान्ति पूजा पोखरामा आयोजना गरिएको थियो । पर्यटनमन्त्री पाण्डेले भने ,‘ शान्तिका दुत बुद्ध नेपालमा जन्मे । शान्तिको सन्देश विश्वभरी फैलाए । उनका अनुयायीहरुले विश्वभरी शान्तिको सन्देश फैलाएका छन्। ’ रिङपोछे गुरुले पनि विश्वभरी शान्तिको सन्देश प्रचार गर्नुभयो । उनले भने ‘मनको ,तनको शान्ति हामीले गर्नुपर्ने छ ।मन र तन दुबैलाई एकप्रकारको आक्रोसबाट शान्तितिर लैजानु पर्छ । बुद्धले देखाएको बाटोमा हिँड्नुपर्नेछ ।’
'धेरै शान्ति खोज्न नेपाल आउँछन् । मनको शान्ति खोज्न आज नेपाल आउने धेरै छन् । पृथ्वीको शान्ति खोज्दै नेपाल आउने गर्छन् । तर आज जलवायु परिवर्तनले पृथ्वीको ताप बढेका छ । हिमालहरु सेता नरहने स्थितिको सिर्जना भएको छ । समुन्द्रको सतह बढ्दै छ । ' उनले बताए ।
'सारा संसारभरी भातृत्व फैलाउनु पर्नेमा उनले जोड दिए ' उनले भने ,‘ संसार भरी एकता र मेलमिलप बनाउनुछ ।’ ‘सारा संसार एक परिवार हो। हामीले धनतिर आकर्षित भएकोे समाजलाई शान्तितिर मेलमिलापमा कसरी लैजानी भन्ने शिक्षा फैलाउन आवश्यक छ ,’ उनले भने ।
'नेपाल विविधताले भरिएको देश हो । यहाँका विभिन्न संस्कृतिका बारेका आगन्त’क पर्यटकलाई नेपालको संस्कृति देखाइदिनुस् ,चिनाइदिनुस । जलसम्पदामा धनी रहेको देखाइदिनुस । ' बुद्ध धर्म अनुयायीहरुलाई शान्तिका अग्रदूत जन्मेको अनुभूति गराएर फर्काइदिनुस् । विश्वभरी शान्ति फैलियोस भन्नको लागि आज गरिएको यो चौथो विश्व शान्ति पूजा सफल रहोस’ उनले भने । ‘
यसैगरी कार्यक्रममा बौध धर्मालम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो । शेर्पा समूदायको गीत संगितहरु प्रस्तुत गरिएको थियो । कुटुम्ब ब्याण्डले विभिन्न बाजासहित धुन र गीत प्रस्तुत गरेको थियो ।