काठमाडौं - एसीसी पुरुष यू-१९ एसिया कपमा नेपालले आज श्रीलङ्कासँग पहिलो खेल खेलिरहेको छ।
युएईस्थित शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छन्।
टेस्ट राष्ट्र श्रीलङ्काको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन।