काठमाडौं - वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।