एजेन्सी - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गरेका छन् । उनले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गरेकाे छ न् ।
सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने खर्च ४१ ३९० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ, जसबाट देशको कुल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत घाटा हुनेछ ।
रुसको कुल गार्हस्थ्य उत्पादन सन् २०२५ मा २.०२ ट्रिलियन डलर, २०२६ मा २.१७ ट्रिलियन डलर र २०२७ मा २.३३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२५ मा मुद्रास्फीति ४.५ प्रतिशत र त्यसपछिका वर्षहरूमा चार प्रतिशतभन्दा तल रहने अनुमान गरिएको छ ।
बजेटमा उल्लिखित प्रमुख प्राथमिकताहरूमा सामाजिक दायित्वहरू पूरा गर्ने, राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सुनिश्चित गर्ने, प्राविधिक सम्प्रभुतालाई अगाडि बढाउने र पूर्वाधार विकास गर्ने सामाजिक नीतिहरूको लागि कुल १९७.३ अर्ब डलर, रक्षा र कानून प्रवर्तनको लागि १३१.५ अर्ब डलर र अर्को तीन वर्षमा राष्ट्रिय आर्थिक विकासको लागि १३१.५ अर्ब छुट्याइएको छ ।