एजेन्सी - अब बेल्जियममा नियमित रोजगारमा यौनकर्मीलाई श्रम अधिकार दिने कानुन पारित भएकाे छ ।
कानुन पारितभएसँगै यौनकर्मीहरूले अब बेल्जियममा नियमित रोजगार सम्झौता गर्न सक्ने भएका छन्।
यसका साथै उनीहरूले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी विदा र प्रसूति विदा पाउने भएका छन् ।
यौनकर्मीलाई श्रम अधिकार दिने कानुन पारित गर्ने यो विश्वकै पहिलो देश हो ।