काठमाडौं - कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति पौडेलले कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।