काठमाडाैं - संसारको सबैभन्दा लामो साहसिक रेल यात्रा गर्नका लागि लगभग २१ दिन लाग्दछ । यो यात्रा युरोपको पोर्चुगलबाट सुरु भई दक्षिणपूर्व एशियाको सिंगापुरसम्म पुग्दछ । पोर्चुगलदेखि सिंगापुरसम्मकाे दुरी १८,७५५ किलोमिटर रहेकाे छ ।
यो रेलले पोर्चुगल, स्पेन, फ्रान्स, जर्मनी, पोल्याण्ड, बेलारुस, रुस ,मंगोलिया, चीन, लाओस, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर गरी १३ वटा देशहरू पार गर्दछ। यसरी तीन हप्ता सम्मकाे रेल यात्रा गर्नका लागि कम्तिमा सात फरक भिसा चाहिन्छ।
१३ देशहरू पार गर्दै एउटा अविस्मरणीय २१-दिनको रेल साहसिक यात्रामा पेरिस, मस्को र बेइजिङ जस्ता प्रतिष्ठित शहरहरूकाे स्टपहरूसहित, विविध संस्कृति र परिदृश्यहरूमा एक अद्वितीय परिप्रेक्ष्य अवलाेकन गर्न सकिन्छ ।
यात्राको लागि समग्र लागत लगभग एक हजार ३५० अमेरिकी डलर( रू १८२,२५०)लाग्दछ ।