ललितपुर - ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेश्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोली १८ गते बाट सुरु हुने भएको छ ।
चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा बरियता अंक प्राप्त गर्नेछन् ।सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुन प्रतियोगिताको मुख्य प्रायोजकमा ललितपुर महानगरपालिका रहेको छ । ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल भरिबाट र तीन विभागिय टोली गरि २२० खेलाडीहरुले ६ विधामा प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जाकारी गराए । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियलहरुलाई बिहानको खाजा र खानाको ब्यवस्थापन आयोजकले गर्ने छ ।