एजेन्सी - भियतनामको टाइकून ट्राेङ माई लानलाई विश्वको सबैभन्दा ठूलो बैंकबाट ठगी अभियाेगमा मृत्युदण्ड मिनाह नहुने मङ्गलबार एक अदालतले बताएकाे छ । रियल इस्टेट विकासकर्ता भ्यान थिन्ह फाट होल्डिंग्स ग्रुपकी अध्यक्ष लानलाई अप्रिलमा भियतनामको सबैभन्दा ठूलो वित्तीय धोखाधडीको मुद्दामा उनको भूमिकाका लागि मृत्युदण्डको सजाय सुनाएकोमा दक्षिणी हो ची मिन्ह सहरको उच्च जन अदालतले मृत्युदण्ड घटाउने कुनै आधार नभएको निर्णय गरेको एजेन्सीले जनाएकाे हाे ।
बैंक ठगीको मास्टरमाइन्डको लागि मृत्युदण्डको सजायको बिरूद्ध उनको अपील गुमाएपछि अब उनको जीवनको दौडमा छिन्। संसारमै नभएकाे घटनाले विश्वनै चकित छ । उनी भियतनाममा यस किसिमकाेृ वित्त अपराधको लागि मृत्युदण्डको सजाय पाएका एक महिलामा परेकी पहिलाे पटक हाे ।
मंगलबार अदालतले ट्राेङ माइ ल्यानको मृत्युदण्ड घटाउने कुनै आधार नभएको बताएको छ। यद्यपि, उनले नाै अमेरिकी बिलियन फिर्ता गरे, उनले हिनामिना गरेको १२अमेरिकी बिलियनको तीन चौथाई डलर तिरिन् भने उनकाे अझै पनि मृत्युदण्डबाट बच्न सक्छिन् ।