काठमाडौँ- सिभिल मलमा एससिटी कार्ड हुनेका लागि निःशुल्क पार्किङ सुविधा सुरु भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको हाे ।
यस सेवा अन्तर्गत एससिटी युपिअाइ (SCT–UPI) कार्डबहाकहरूले आफ्नो एससिटी कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्ने भएका छन् ।यही मङ्सिर १६देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुने जनाइएकाे छ ।
एससिटी युपिअाइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ ।एससिटी युपिअाइ कार्डबहाकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सकिने जनाइएकाे छ ।