काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई १३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर बोल्टस्ले फिल्डिङ रोजेकोमा पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।
खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।
जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ । एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।
आजको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ ।