काठमाडौं -नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडानबारे छ्लफल भएकाे छ । ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति महामहिम जन जे-सू भेट गर्ने क्रममा साे छ्लफल गरेका हुन् ।
भेटमा नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडान सुचारू गर्ने विषयमा छ्लफल भएको थियो । नेपाल एअरलाइन्सको सिधा उडान नहुदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे जानकारी गराएको थियो ।
भेटमा मन्त्री पाण्डेले यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताएको थियो ।
यस्तै कोरियन कम्पनी सामसुङ (Samsung) र हुन्डे (Hyundai) ले नेपालमा लगानी गरेर Made-in-Nepal टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गरेका थिए । कोरियाली प्रतिनिधि मण्डलले नेपालदेखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।