पर्वत– ग्लोबल आइएमई बैंकले पर्वतको एक विद्यालयका दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरूलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन सहयोग गरेको बैंकले जनाएको छ । विद्यार्थीलाई सांसद पदम गिरीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा ग्लोबल आइएमई बैंक कुश्मा शाखाप्रमुख प्रकाश शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँईलगायतको उपस्थिति रहेको थियो ।