नेपालगञ्ज-सल्यानको शारदा नगरपालिका माल्नेटामा जन्मिएकि दिला शाह सामान्य कृषक परिवारकी छोरी हुन् । कमजोर आर्थिक अवस्थामा हुर्किएकी शाहले जसो–तसो एसएलसि सम्मको अध्ययन त गरिन् । उच्च शिक्षा हाँसिल गर्न उनको कमजोर आर्थिक अवस्था तगारो बनिदियो । जसका कारण एक बर्ष उनी कलेज जान पाईनन् । साथीहरु कलेज भर्ना भए, आफु जान पाईन–भनिन्–साह्रै मन भक्कानियो । बुवालाई जसरी भएपनि मलाई पढ्ने पैंशा दिनु प¥यो भनेपछि बुवाले मेरो ईच्छा बमोजिम बाटो खन्न गएर ४५ सय रुपैंयाँ दिनुभयो र म क्याम्पस भर्ना भएँ –उनले भनिन्–बुवाले मलाई पढाउन गरेको दुःख बमोजिम पढेर म कलेज टप भएँ र ५६ सयको पुरस्कार पाएँ ।
बुवा, मुवाकै कारण स्नातक सम्मको अध्ययन गर्न पाएको बताउने उनै दिला शाहले आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मान बहादुर शाह र मुवा देवा शाहको सम्मानमा २ लाख ५० हजार रकमको मानदेवा परोपकारी अक्षय कोष स्थापना गरेकि छिन् ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास मार्फत बासकी साधारण सदस्य नेपालगञ्ज–१८ निवासी शाहले पौष २१ गते नेपालगञ्जमा आयोजित मानदेवा परोपकारी अक्षय कोष घोषणा कार्यक्रममा बासका अध्यक्ष मन भण्डारीलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरिन् ।
कार्यक्रममा बोल्दै शाहले आफूलाई जन्मदिने आमाबुवालाई मरणोपरान्त सम्मान गर्ने कार्य उचित नभएकाले जिवित छँदै वुवा, मुवाको सम्मानमा अक्षयकोष स्थापना स्थापना गरेको बताईन् । मानविय कार्य गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरेको बताउँदै शाहले अक्षयकोषको व्याजबाट रोईरहेका मनहरुमा मलहम लगाउने बताईन् । पैंशाले कसैलाई पूग्दैन, कमाईको केही हिस्सा सामाजिक कार्यमा लगाउनु सबैको दायित्व हो सम्झेर अक्षय कोष स्थापना गरिएको हो –उनले भनिन् ।
कार्यक्रमका बारेमा जानकारि दिदै बासका कार्यकारी निर्देशक नमस्कार शाहले अक्षय कोषको व्याजबाट अति बिपन्न बालबालिकाहरुको पठन, पाठनमा सहयोग गर्ने, हिंसामा परेका महिला, अपाँगता भएका व्यक्तिहरुको जिबिकोपार्जनमा सहयोग गर्ने, बिभिन्न घटना, दुर्घटनामा परि घाईते भएका व्यक्ति तथा बिभिन्न रोगबाट पीडितहरुको उपचारमा सहयोग गर्ने, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गर्ने, मानविय सेवा तथा सामाजिक सेवासँग सम्बन्धित कार्य गर्ने लक्ष्य लिईएको छ ।
मूल पूँजिको व्याजबाट प्राप्त हुने रकमबाट अक्षय कोषकी संस्थापिका दिला शाहको जन्म दिन साउन ३ गते बिशेष कार्यक्रम गरि सहयोग प्रदान गरिने छ भने आवश्यकता अनुसार अन्य समयमा पनि सहयोग प्रदान गरिनेछ ।
बासले अक्षयकोष व्यवस्थापनका लागि सञ्चालिका दिला शाहको संयोजकत्वमा अक्षय कोष सञ्चालक समिति गठन गरिनेछ ।
कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले शाहद्धारा असल सन्तानको जिम्मेवारी पूरा गरेकोमा बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका निबर्तमान केन्द्रीय सदस्य झलक गैरेले स्वयंसेवी र परोपकारी भावनाबाट ओतप्रोत भएर स्थापना गरिएको अक्षय कोषबाट समाजको समृद्धिका लागि कार्य हुने बताए । उनले सन्तानहुनुको गौरब बोध अक्षय कोष भएको बताए ।
बास उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।