काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एम्.डी.आर.टी’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एम्.डी.आर.टी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरूको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरूलाइ प्रेरित गराएका थिए । साथै उक्त कार्यक्रममा सिटिजन लिडरलाई सम्मान समेत गरिएको थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।