काठमाडौं– पत्रकार महासंघको निर्वाचनमा रमेश विष्टलाई छ संगठनको समर्थन मिलेकाे छ । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन् ।
नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिएपछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।