काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौतापछि अष्ट्रेलियाबाट लिगल रेमिटबाट एनआईसी एशिया रेमिटमार्फत् पैसा पठाउने जनाइएको छ । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिने पनि सम्झौता कार्यक्रममा जनाइएको छ । यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने पनि उक्त अवसरमा जानकारी दिइयो ।