काठमाडौं–सन्राइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता भएको छ । रेमिट्यान्स सुविधा सम्बन्धी गरिएको सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा उक्त सम्झौता अनुसार सन्राइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरूले सन्राइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपालभर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सन्राइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्ने जनाइएको छ । हालसम्म सन््राइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा ए.टि.एममार्फत् बैंकिङ सेवा दिँदै आइरहेको जनाइएको छ ।