काठमाडौं– प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् । डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङ्ग प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई सम्मान गरेका थिए । कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेर एम.ओ.यु.मा हस्ताक्षर गरेका छन् । श्रेष्ठले प्रतियोगिताको अनुभवहरू सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरू मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन् । विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रूपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् ।