काठमाडौं -आज सेयर बजारका कारोबारमा कमी आएकाे छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ ।
इतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । ५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आ
८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढेकाे छ । जीवन बीमा १, निर्जीवन बीमा ०.१९ ,बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९ प्रतिशतमा घटेकाे छ र ।