काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपीएल) मा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई पराजित गरेकाे छ । सुदूरपश्मिच राेयल्सलाई १५४ रन छ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भएकाे हाे ।
अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जिन नजिक पुगेर पनि पराजित भयो ।पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए ।कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए ।पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए ।सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए ।
६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । अब लिगको अन्तिम खेलमा सुदूरले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ ।
अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् । जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५३ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेटरेनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ ।