काठमाडौं - अन्तर्राट्रिय बजारमा आज सुनकाे मूल्य सामान्यले बढेकाे छ । आज बजार खुलेसँगै रू ४००ले बढेर एक लाख ५१ हजार २०० मा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
महासंघका अनुसार हिजाे सुनकाे मूल्य प्रतितोला रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको थियाे ।
आज चाँदीको मूल्य प्रतितोला भने स्थिर रहेकाे छ । हिजाे प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा काराेबार भइरहेकाेमा साेमबार पनि साेही मूल्यमा किनबेच भइरहेको छ ।